Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    बोझिलो संघियता: स्थानीय तहमा विकृतिका चाङ

    काठमाडौं/संघीय शासन प्रणालीलाई सफल बनाउने सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहेका अधिकाशं स्थानीय तहहरु वित्तीय सुशासन कायम गर्न असफल भएका छन् । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनको स्थानीय तहमा विकृति बढेको भन्दै त्यसलाई रोक्न आन्तरिक प्रणाली स्थापना गर्नुका साथै आन्तरिक लेखापरीक्षणका लागि स्वतन्त्र निकायको व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय तहले लेखापरीक्षणमा ध्यान नदिँदासमेत अनियमित किसिमले खर्च…

    Read More
  • चितवन सेरोफेरो

    महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपण

    भरतपुर/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहाललेशुक्रबार हाडे बदामको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम शुभारम्भ गर्नुभएको हो । वृक्षरोपण गर्दै महानगर प्रमुख दाहालले महानगरपालिकालाई हरियाली बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । वातावरण स्वच्छ राख्नका लागि…

    Read More
  • मुख्य समाचार

    अब दस मिनेटमै कर दाखिला गर्न सकिने

    काठमाडौं /साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो दिन सुरु गरिएको…

    Read More
  • मुख्य समाचार

    पुरातत्वले ‘श्रीरामको जन्मस्थल’ अध्ययन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना भइरहे पनि विभागलाई अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निर्देशन दिइसकेको छ। ओलीको…

    Read More
  • मुख्य समाचार

    अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने तयारी

    काठमाडौं/सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको…

    Read More
  • मुख्य समाचार

    कोराना र लकडाउनशुरु भएदेखि असार मसान्तसम्म एक सय अनलाइन बन्द

    कोरोनाका कारण लकडाउन शुरु भएदेखि असार मसान्तसम्मको अवधिमा कोरोना संक्रमण तथा कोरोना संक्रमितको मृत्युका विषयमा प्रकाशित–प्रसारित समाचारहरुको अनुगमन गरिरहेको सरकारी निकाय प्रेस काउन्सिल नेपालले एक सय दुई वटा अनलाई पोर्टल नेपालभित्र सञ्चालन हुन नसक्ने गरी बन्द गर्नुका साथै एक सय ५६ वटालाई स्पष्टीकरण माग्ने र सचेत गराउने काम ग¥यो । यसमध्ये तीन वटाले आगामी दिनमा…

    Read More
  • मुख्य समाचार

    सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–विश्राम’ अर्थहीन : दुबै समूह आ आफ्नै अडानमा

    काठमाडौं/सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ। ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्। विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा बसे। साथमा वरिष्ठ नेता माधव नेपालसमेत राखिए। तर, दुवै पक्ष पुरानै अडानमा अड्किए। स्रोतका अनुसार बिहीबारको बैठकमा एउटा सकारात्मक संकेत…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाद्वारा उन्नत सहकारीलाई कम्बाइन हार्बेस्टर प्रदान

    भरतपुर/०१ साउन/भरतपुर महानगरपालिकाले वडा नम्बर १४ पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई कम्बाइन हार्बेस्टर प्रदान गरेको छ । नेपाल सरकारको सशर्त अनुदान अन्तरगत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार महानगर प्रमुख रेनु दाहालले कृषक समूहलाई हस्तान्तरण भएको हो । कम्बाइन हार्बेस्टरको साँचो हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख दाहालले कम्बाइन हार्बेस्टरको अधिकतम सदुपयोग गरी…

    Read More
  • चितवन सेरोफेरो

    व्यवस्थित बन्दै भरतपुरका वडा कार्यालयहरु टेन्डर भएका भवनको निर्माण समयमै हुन्छ: प्रमुख रेनु दाहाल

    भरतपुर/१ साउन/भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएपछि वडा कार्यालयहरु व्यवस्थित बन्दै गइरहेका छन् । भाडाको भवनमा सञ्चालन भएका वडा कार्यालयहरु आफ्नै भवन निर्माण गरेर सरेका छन् भने अन्य वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ । जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भरतपुर महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ

    सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो । चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार…

    Read More