खै ? अनुगमन !
एकताका जिल्लमा नियमित जस्तै अनुगमन हुन्थ्यो । अनुगमनसँगै बेथिती बिकृतीहरु नियन्त्रणमा आउदैजान थालेका थिए । हालसालै निवृत हुनुभएका सचिव बिनोद प्रकास सिहं जिल्ला प्रशासन कार्यालयको प्रमुख भएर आएपछी जिल्लामा थिती बसाल्ने काम शुरु भएको थियो । उहाँको पालामा जिल्ला प्रशासन कार्यालय र बाणिज्य बिभागको समन्वयमा दैनिकजसो अनुगमन र बजारमा गलत गर्नेहरुलाृई कार्बाहीहुने गर्दथ्यो । तर अहिले बजारमा छाडातन्त्र mौलाएको छ । ब्यापारीहरुले मनपरी मूल्य लिई उपभोक्ता ठगीरहेका छन् । ठेकेदारहरुको कामहरुमा कमसल सामाग्रीका्े कमी भएपनि कुनै अनुगमन र कार्बाही छैन् । त्यतिबेला अबैध कन्सल्टेन्सीहरुको भागाभाग भईसकेको थियो । कयौंले नियम पुर्याएर सञ्चालनमा आउन बाध्य भएभने कयौं जिल्ला नै छाडेर भाग्न बाध्य भए । हो तिनै अबैध कन्सल्टेन्सीहरुको अहिले भने चितवनमा बिगबिगी बढेको छ ।
चितवनको नारायणगढ भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अझै अबैध कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको पाईएको हो । गैरकानुनी रुपमा सञ्चालनमा रहेका अधिकांश कन्सल्टेन्सीहरुको बारे गत केही वर्ष पहिले भण्डाफोर अभियान साप्ताहिकले निरन्तर समाचार प्रकाशन गरे सँगै प्रशासनको अनुगमनमा परि त्यस्ता अबैध कन्सल्टेन्सीहरु बन्द नै भएका थिए । पछि शिक्षा मन्त्रालयको टोली आई मापदण्ड हेरी स्वृकीति दिएको थियो ।
तत्कालिन रुपमा मन्त्रालयको टोलीले स्वृकीति दिएकै कयौँ कन्सल्टेन्सीहरु अझै गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाईएको छ । अहिलेपनि जिल्लामा मापदण्ड नै पुरा नगरेका कन्सल्टेसीहरु निर्वाद सञ्चालनमा रही रहेका छन् । केन्द्र राजधानी वा अन्यत्रै रहेका तर चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका स्थाननमा शाखा सञ्चालन रहेका त्यस्ता कयौ कन्सल्टेन्सीहरु समेत अझै अबैध रुपमा सञ्चालनमा रहेको पाईएको छ ।
जिल्लामा धेरै प्रकारले ठगी र लुटपाट बढेको छ । कर्मचारीतन्त्र, पुलिस, प्रशासन सबैतिर घुसतन्त्र रबिचौलयातन्त्र मौलाएको छ । जिल्लामा रहेका कयौँ कन्सल्टेन्सीहरु जस्ले अबैध खाताहरुमा रकमान्तर गरी आफ्नो बास्तबिक कमाई लुकाई राज्यको करोडौं राजस्व स्वाहा पारिरहेका छन् ।
यस्ता कन्सल्टेन्सीहरु अनुगमन गरी काबार्ही र बन्द गर्नुपर्नेमा अनुगमन हुन नसक्दा आम युवाहरु दैनिक ठग्गीन बिबस छन् भने अर्काेतर्फ राज्इको करोडौ राजस्व हिनामिना भैंरहेको छ । यसलाई अनुगमन गरी कार्बाही गर्नुको सट्टा नियामक निकायका पदासिनहरु भागशान्तीमा रमाईरहेका छन् । यसतर्फ प्रशासनको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।