Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विश्वकप खेल्न नेपाली टोली घोषणा

    काठमाडौँ/नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो। विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी,…

    Read More
  • हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगेः प्रचण्ड

    काठमाडौं/नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । नेपाली समाज भारतको आयोजनामा नयाँदिल्लीमा सोमबार आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’मा प्रचण्डले राम्रो काम गर्न खोन्दा खोज्दै संविधान मिचेर लोकतन्त्रको मर्मविपरीत गरेको कामको परिणाम घातक हुन्छ…

    Read More
  • मेयर रेनु दाहालद्धारा नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण

    नारायणगढ,(चितवन)/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने…

    Read More
  • निकोलस मादुरो : बस चालकदेखि चाभेजको उत्तराधिकारी हुँदै अमेरिकी हिरासतसम्म

    निकोलस मादुरो, जो एक पूर्व बस चालक र युनियन कार्यकर्ता थिए, सामान्य पृष्ठभूमिबाट उठेर १३ वर्ष आठ महिनासम्म भेनेजुएलामा शासन गरे । गत शनिबार अमेरिकी विशेष बलले ६३ वर्षीय यी नेतालाई नियन्त्रणमा लिई अपहरण शैलीमा देश बाहिर उडाएपछि उनी अप्रत्याशित रूपमा अपदस्थ भएका छन् । वर्षौँदेखि मादुरोले अमेरिकी सरकारमाथि उनका दिवङ्गत गुरु र पूर्ववर्ती ह्युगो…

    Read More
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

    काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो । अमेरिकी…

    Read More
  • नेपाली राष्ट्रिय टोपी दिवस : इतिहास, महत्त्व र सम्मान।

    सूर्य बराल/चितवन/भोलिदेखि जनवरी १ अर्थात् अङ्ग्रेजी नयाँ वर्ष सुरु हुँदैछ। पछिल्ला वर्षहरूमा यो दिन नेपाली समाजमा विशेष दिनका रूपमा स्थापित हुँदै आएको छ। यही दिनसँग जोडेर नेपाली राष्ट्रिय टोपी दिवस पनि मनाइँदै आएको छ। नेपाली राष्ट्रिय टोपी दिवसको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई नेपाली टोपी लगाएर यो दिवसलाई भव्य रूपमा मनाउन सामाजिक अभियन्ता तथा वे…

    Read More
  • चौथो गैँडाकोट महोत्सवको तयारी तीब्रगतिमा बढदैं

    नवलपुर/गैँडाकोट नगरलाई उद्योग, व्यापार, पर्यटन र संस्कृतिसहितका सम्भावनाहरुको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित यही पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने चौथो गैँडाकोट महोत्सवको तयारी तीब्र पारिएको छ । नारायणी नदीकिनारमा आयोजना गरिएको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघ गैडाकोटले जानकारी दिएको छ ।…

    Read More
  • उवासंघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढ्यो, अध्यक्षमा सुवेदी र पन्तको प्रतिस्पर्धा । कस्ले मार्ला बाजी !

    भरतपुर/चितवन उद्योग वाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वातै बढेको छ । निर्वाचनमा २५ पदका लागि ४१ जनाको उमेद्वारी परेको छ । आगामी पुस २१ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका शिरिष पन्तले अध्यक्षमा उम्मेद्वारी दिएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोक…

    Read More
  • चिसो बढेपछि माडी नगरपालिकाले दियो बिदा

    चितवन/चितवनमा अत्यधिक चिसो बढेपछि माडी नगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले एक सूचना जारी गर्दै पुस १६ गते एक दिनका लागि माडी नगर भित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाएका छन् । भोलि ९पुस १५० गते लोसार पर्वको दिन सार्वजनिक बिदा भएकाले…

    Read More
  • पुस २५ गतेदेखि देखि रत्ननगर महोत्सव हुने

    चितवन/चितवनको रत्ननगरमा रत्ननगर महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यहि पुष २५ गतेदेखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो । आज चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ रत्ननगरले चितवनको उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकरण र वैज्ञानिक उत्पादन…

    Read More