रेनुलाई जिताउन पाँच हजार एक सय सदस्यीय निर्वाचन समिति गठन
भरतपुर/विकास,समृद्धि र सुशासनलाई आत्मसाथ गरेर अगाडि बढेकी विकासप्रेमी नेतृ रेनु दाहाललाई अत्याधिक बहुमतले जिताउन चितवन क्षेत्र नं ३ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।नेपाली कम्यूनिष्ट पार्टी चितवनको शुक्रबार पश्चिम चितवनको पटिहानीमा बसेको पूर्ण बैठकले सो पार्टीका वरिष्ठ केन्द्रिय सदस्य ईश्वरी भट्टराईको संयोजकत्वमा ५ हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको हो ।
भरतपुर महानगरको प्रमुख समेत रहेकी रेनु दाहाललाई नेपाली कम्यूनिष्ट पार्टीले चितवन क्षेत्र नं ३ बाट सफल र शसक उमेदवारको रुपमा सिफारिस गरेर चुनावी प्रचार अघि बढाएको हो । आफ्नो दुई कार्यकालमा भरतपुर महानगरबाट विकासको मोडल प्रस्तुत गरेर विकास,सुशासन र समृद्धिको नमूना प्रस्तुत गर्न सफल मेयर दाहाललाई चितवनबाट जिताएर संघिय सांसद बनाउने अभियानमा लागेको संयोजक भट्टराईले बताए ।
त्यसैगरी नेपाली कम्यूनिष्ट पार्टी चितवनका संयोजक रामचन्द्र अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति पनि उक्त बैठकले गठन गरेको छ । भरतपुर महानगरबाटै चौतर्फी विकास भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियमै नाम लेखाउन सफल रेनुलाई संघिय सांसदमा चितवनबाट जिताएर राष्ट्रिय स्तरमै विकास,समृद्धि र सुशासनको अनुभूति दिलाउन पनि चितवनका जनताहरु एकजुट हुने बेला आएको संयोजक अधिकारीको भनाई छ ।
त्यस्तै नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य बुद्धि नेपालीको संयोजकत्वमा सूचना प्रविधि परिचालन उपसमिति, लेखा आयोगका केन्द्रिय सदस्य नारायण आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, केन्द्रिय सदस्य ईश्वरी भट्टराईको संयोजकत्वमा घोषणापत्र लेखन उपसमिति गठन गरिएको सो पार्टीले जानकारी दिएको छ ।
त्यसैगरी बैठकले युवा विद्यार्थी परिचालन उपसमिति , महिला परिचालन, जनवर्गीय संगठन तथा जातिय मुक्ति मोर्चा उपसमिति लगायतका उपसमितिहरु पनि गठन गरेको छ । उपसमितिका संयोजकको नामावली केही दिनमै सार्वजनिक गरिने बताइएको छ ।
बैठकले वडा वडामा पनि विभिन्न कमिटिहरु गठन गरेर चुनावी अभियानमा परिचालन गर्ने निर्णय गरेको छ । एकजना केन्द्रिय सदस्यलाई दुई वडाको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत १९ वडा र माडी नगरपालिका पर्दछन् ।
भरतपुर महानगरका सबै वडाहरुमा रेनु दाहालको दुई कार्यकालमा समानुपातिक विकास भएको छ । त्यसैले रेनु दाहालप्रति जनलहर बढ्दै गएको चितवनका जनताको भनाई छ ।


