Breaking News

विश्वकप खेल्न नेपाली टोली घोषणा

काठमाडौँ/नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो।

विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम समेटिएका छन्।