Breaking News

मालपोतमा ब्यापक भ्रष्टाचारको आशंका, छानबिन र कार्बाही कस्ले गर्ने ?

चितवन/चितवनको भरतपुरसहितका मालपोत कार्यालयमा ब्यापक भ्रष्टाचार, अनिमितता र घुसखोरी भैरहेको खुल्नमा आएको छ ।
सेवाग्राहीहरुलाई बिभिन्न तबरबाट घुस दिन बाध्य पार्ने गरिएको आम गुनासो बढीरहेको भएपनि नियमन,अनुगमन, छड्के र सुक्ष्म अनुसन्धान र छानबिन गरी आवश्यक कार्बाही नहँुदा सेवाग्राहीहरु मारमा परिरहेका छन्।
जिल्लाको भरतपुर मालपोत कार्यालयमा आफु मोही भएको जग्गा आफ्नो सहमति बेगर मालपोत कार्यालयले जग्गाधनी साहुसँगको मिलेमतोमा मोही हटाउने कार्य भएको भन्दै मालपोत कार्यालय भरतपुरमा छानबिन गर्न माग गर्दै भण्डाफोर अभियानमा पत्र पठाएका हुन् ।
हुलाकबाट भण्डाफोर अभियानलाई प्राप्त पत्र अनुसार, चितवन साविक शुक्रनगरस्थित कित्ता नं. ५०, क्षेत्रफल १–०–१० जग्गाको सम्बन्धमा गम्भीर अनियमितता तथा भ्रष्टाचार भएको आशंका भएकाले सत्य तथ्य छानबिन गरी समाचार प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछु ।
पत्रमा अघि भनिएको छ, उक्त जग्गा ज्ञानकुमारी गुरुङको नाममा मिति २०३७ सालमा रजिस्ट्रेशन पास भएको देखिन्छ। त्यसबेला उक्त जग्गामा नथुवा महतो मोही रहेको अवस्था थियो। तर पछि मोही लगत कट्टा गर्दा सम्बन्धित मोही तथा सरोकारवालालाई कुनै लिखित सूचना, जानकारी वा सुनुवाइको अवसर नदिई भरतपुर मालपोत कार्यालयको मिलेमतोमा गोप्य रूपमा प्रक्रिया सम्पन्न गरिएको देखिन्छ ।
भूमिसम्बन्धी ऐन, २०२१ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मोहीको हक समाप्त गर्ने वा मोही लगत कट्टा गर्ने कार्य गर्दा सम्बन्धित पक्षलाई जानकारी गराउने, कानुनी प्रक्रिया पूरा गर्ने तथा प्रमाणका आधारमा निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ। तर उक्त कानुनी प्रक्रिया पूरा नगरिएको देखिन्छ ।
यस प्रक्रियामा मालपोत कार्यालयका केही कर्मचारी तथा जिम्मेवार पदाधिकारीले करिब १० लाख रुपैयाँ घुस लिई गैरकानुनी रूपमा मोही लगत कट्टा गरेको भन्ने गम्भीर आरोप र आशंका स्थानीय स्तरमा उठिरहेको छ। यदि यस्तो कार्य भएको हो भने यो भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीतको गम्भीर भ्रष्टाचारजन्य कसुर हुन जान्छ।
तसर्थ, उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी भरतपुर मालपोत कार्यालयका सम्बन्धित कर्मचारी, हाकिम तथा अन्य संलग्न व्यक्तिहरूको भूमिका छानबिन गरी सत्य तथ्य सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु। साथै आवश्यक प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायबाट अनुसन्धान गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरिनु आवश्यक देखिन्छ।

अतः यस विषयमा गहिरो अनुसन्धान गरी समाचार प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
यसरी जिल्लाका मालपोत कार्यालयमा धेरै नै घुस लिने कार्यर भ्रष्टाचार बढेको आम गुनासो बढेको छ । अतः यस सम्बन्धमा राज्यका तालुकदार निकायहरुले छानबिन गरुन् । आजको भण्डाफोर अभियानबाट