चितवनका सांसद जेएन थपलियालाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी
चितवन/पूर्वराष्ट्रपतिविद्यादेवी भण्डारी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) लाई भेट्न अस्पताल पुगेकी छन् । भण्डारीले आज वीर अस्पतालमा पुगेर थपलियालाई भेटेकी हुन् । थपलिया केही दिनअगाडि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डमा छलफलका क्रममा ढलेका थिए । थपलिया आफूलाई मुख्यमन्त्री बनाउने वा नबनाउने विषयमा भइरहेको छलफलमा चर्काचर्की हुँदा ढलेका थिए ।
ओलीनिवासमा ढलेका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत जेएनको स्वास्थ्य अवस्था बुझ्न भण्डारी आज अस्पताल पुगेकी हुन् ।





