Breaking News

तलकाले तर मार्दा हाकिमको सादगीमा दाग लाग्दैं !

चितवन/जिल्ला प्रहरी कार्यालय चितवनको मातहतमा कार्यरत केही प्रहरीको आचारण, प्रवृती, एवं ब्यबहारले गर्दा सम्पूर्ण प्रहरीकै बदनाम हुने स्थिती सिर्जना हुदै जान थालेको छ ।
जिल्लामा हालसालै मात्र प्रहरी प्रमुख भएर रामेश्वर पौडेल आएका छन् । पौडेलजस्ता सक्षम एवं निष्कलंक प्रहरी उपरिक्षक(एसपी) आएपनि मातहतका प्रहरीहरुको बिगतदेखिको आचरण, प्रवृती, कार्यशैली एवं ब्यबहारको कारण जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुको काम कार्बाहीलाई लिएर ब्यापक आशंका एवं जनगुनासो बढिरहन’का साथै प्रहरी प्रशासननै बदनाम हुँदै गैरहेको छ ।
उनीहरुको काम कार्बाहीको कारण नै चितवनजस्तो एक नम्बर जिल्ला गत अषाढको कार्यसम्पादनमा तराईका २० जिल्लामा १६ औं नम्बरमा खस्केको हो । बिशेष गरी मिटरब्याज पिडीतहरुको सुनवाईको सट्टा लोभलालचमा परी पिडीकहरुसँगै मिली कारोबार र लेनदेन नै नभएका चेकहरु बाउन्स गर्ने गरेको आम पिडीतहरुको आरोप छ ।
त्यस्तै उधारो लिई चेक दिएर गएका ब्यबसायीहरु सहित अन्यको समेत रकम उठाईदिए बापत तोकेरै २० प्रतिशत वा सो भन्दा माथी रकम लिने गरेको स्वंय पिडीत ब्यबसायीहरुले गुनासो गरेका छन् । आफ्नो नाम नबताउने शर्तमा ती ब्यबसायीले भने हामीले नियमअनुसार राज्यलाई कर तिरेकै छौं ।
प्रहरी प्रशासन लगाएतका कार्यालयमा सार्बजनिक भवन. मन्दिर, पानी टंकीलगाएतका निर्माणमा पनि मनग्य सहयोग गरेका छौ, फेरी चेकको रकम उठाईदिएबापत किन २०। ३० प्रतिशत रकम दिने ? फेरी उनैले आफैप्रति प्रतिप्रश्न गर्दै भने के गर्नु नदिए पुरै फस्छ,बरु केही त् उठछ । त्यसैले कमिशन दिनुको बिकल्प नै छैन ।
त्यस्तै प्रहरीको प्रशासन शाखामा पनि भद्रगोल रहेको बुझिएको छ । प्रशासनकै कारण प्रहरीको कार्यसम्पादनमा कमी आएको जानकारहरु बताउँछन् ।
कुख्यात मिटरब्याजीहरुको मुद्धालाई कम्जोर बनाएर मिटरब्याजीहरुलाई उन्मुक्ति दिन समेत प्रहरी प्रशासनले भुमिका खेलेको पिडीतहरुको आरोप छ ।
त्यस्तै, भरतपुर महानगरपालिका–१२ नौरङ्गेमा सामूहिक कुटपिट तथा छुरा प्रहारबाट गम्भीर घाइते भएका १६ वर्षीय रिदम पराजुलीको मुद्धामा समेत प्रहरीको कार्यशैलीमाथी ब्यापक प्रश्न उठेको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका रिदमको चितवन मेडिकल कलेजमा १६ दिन उपचारका क्रममा दुई पटक शल्यक्रिया गरिएको थियो। हाल उनी घरमै बेड रेस्टमा उपचाररत छन्। नियमित फलोअपका लागि अस्पताल जाने–आउने गरिरहेका रिदमलाई कता बाटोमा फेरी आmमण हुने हो भन्ने डर छ, यता आरोपीहरु मध्ये मुख्य आरोपित बाल सुधारगृह, एक लाख धरौटीमा, एक रिहा, दुई साधारण तारेखमा र एक अभियुक्त अझै फरार रहेका छन् । प्रहरीले रिदममाथि आक्रमण गर्ने पाँच जनामध्ये चार जनालाई करिब एक महिनापछि मात्र पक्राउ गरेको थियो ।
त्यस्तै, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक कुशराज कार्कीको गम्भीर अनियमितता र आर्थिक चलखेलका बिषयमा सञ्चारमाध्यममा लामो समयदेखि समाचारहरु छाईरहेको भएपनि कस्को आडमा ती कार्की टिकिरहेका छन् भन्ने गम्भीर आशंका उब्जीएको छ ।
नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा विभिन्न प्रकारका अनियमितता तथा आर्थिक चलखेलका आरोपहरू सार्वजनिक भएका हुन् । स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रहरीको व्यवहार र गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक कार्कीको कार्यशैली र ब्यबहारको कारण चितवन प्रहरी थप बदनाम भएको छ ।
वडा प्रहरी कार्यालयले लाइसेन्स नभएका वा नियमविपरीत सञ्चालन भएका मोटरसाइकल नियन्त्रणमा लिएर आर्थिक लेनदेनको आधारमा छाड्ने गरिएको साथै नारायणगढ क्षेत्रका अधिकांश दोहोरी साँझ तथा रोधीघरबाट मासिक रकम असुल्ने र त्यसबापत अवैध गतिविधि सञ्चालन गर्न छुट दिने गरिएको र समयमै रकम नदिएको अवस्थामा प्रहरी आफैं दोहोरी साँझभित्र प्रवेश गरी ग्राहकलाई समेत बाहिर निकाल्ने तथा व्यवसायमा अवरोध पु¥याउने गरेको बिषय पनि यस अघि बिभिन्न सञ्चारमाध्यममा सार्बजनिक भैसकेको छ ।
सडक किनारमा सानो व्यवसाय गर्ने अशक्त व्यक्तिहरूमाथि समेत प्रहरीबाट दुव्र्यवहार हुने गरेको बुझिन्छ । चिया पसलेहरूको ग्यास सिलिन्डरसम्म नियन्त्रणमा लिएर दबाब दिने गर्ने कार्कीले नेपाल माइक्रो तथा बस सञ्चालकसँग नियमित बिशौं हजार रकम लिने गरेको बुझिन्छ ।
चितवन भएर जाने रात्रीबस, माइक्रोबस र विभिन्न ट्रान्सपोर्टका सवारी साधनबाट मासिक रूपमा रकम उठाउने गरिएको र अन्य जिल्लातर्फ जाने गाडीमार्फत् अवैध सामग्री ओसारपसार हुने भए पनि वडा प्रहरीका प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा कारबाही भन्दा आर्थिक लेनदेनमै केन्द्रित हुने गरेको आम सञ्चार माध्यमर सञ्जालभरी छ्याप्छ्याप्ती भैसकेको छ ।
देशकै केन्द्रभागमा नारायणगढको पुलचोकमा रहेको कवाडीको ढाँटमा रातीको समयमा भारतीय गाडीहरुबाट अबैध असुल्न दिई सो बापतको कमिशन समेत कार्की र उनका सहयोगीहरुले हजम गर्ने गरेको श्रोतको दाबी छ ।
त्यस्तै, जुवा खालहरु सञ्चालन गर्न दिए बापत समेत प्रहरीलाई मोटो रकम आउने गरेको स्थानीयको आरोप छ ।
यसरी जिल्ला प्रहरी कार्यलयभित्रै साथै मातहतका प्रहरी र स्थानीय चौकीमा कार्यरत प्रहरी अधिकृत तथा अन्यको यस्तो प्रवृती, कार्यशैली, र ब्यबहारको कारण जिल्लामा हाकीम सादगी भएर के भो तलकाले ब्यापक तर मारेपछी प्रहरी बदनाम हुने नै भयो भन्ने आम चर्चा चलिरहेको छ । प्रहरी प्रमुखमाथी समेत त्यस्ता घुसीया प्रवृतीका प्रहरीहरुलाई कार्बाही गर्न के ले रोक्यो भन्दै आम प्रश्न उठिरहेको छ साथै आरोप चर्किँदै जादाँ उनीहरुमाथी छानबिन र कार्बाहीको माग भैरहेको छ ।