Breaking News

के सुब्यबस्था यहि हो ? सिडीओ कार्यालय नै असुरक्षित, सवाग्राहीको सवारी चोरी

जिल्ला प्रशासन कार्यालय, चितवन नै असुरक्षित रहेको छ । कार्यालय परिसरबाटै मोटरसाइकल चोरी भएपछि कार्यालयको सुरक्षा व्यवस्थामाथि गम्भिर प्रश्न उठेको छ।
राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका एक सेवाग्राही वीरबहादुर तामाङको बागमती प्रदेश ०६–००८ प २७१७ नम्बरको पल्सर १५० सीसी मोटरसाइकल साउन २२ गते दिउँसो कार्यालय परिसरकै पार्किङस्थलबाट चोरी भएको हो।
तामाङका अनुसार उनी राष्ट्रिय परिचयपत्र बुझ्न कार्यालयको माथिल्लो तल्लामा गएका थिए। करिब दुई घण्टापछि पार्किङस्थलमा फर्किँदा उनले आफ्नो मोटरसाइकल नदेखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय, चितवनमा लिखित निवेदन दिएका थिए।
घटनापछि कार्यालय परिसरमा जडान गरिएको सिसिटिबी फुटेज हेर्दा दुई जना व्यक्ति पारस बसपार्कतर्फबाट मोटरसाइकलमा आएको र दिउँसो २ बजेर २१ मिनेटमा पार्किङस्थलबाट मोटरसाइकल चोरेर लगेको देखिएको तामाङले बताएका छन्।
कार्यालय परिसरमै चोरी भएको घटनाले सेवाग्राहीको सुरक्षासँगै प्रशासनिक कार्यालयको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै चोरी भएको मोटरसाइकल तथा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ । सिसिटिबी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा मोटरसाइकल बरामद हुने अपेक्षा गरिएको छ । यधपी यस घटनाले केही पकेटका सञ्चारमाध्यमलाई भजनमण्डली बनाई बाहिर बाहिर सडकमा नाच्दै गाउदै हिड्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समेत कार्यसम्पादनमा प्रश्न उठेको छ । केहीदिनयता सामाजिक सञ्जालमा सिडीयो अर्यालको ब्यापक आलोचना भैरहेको छ । आफ्नै कार्यालय सम्हाल्न नसक्ने अर्यालले बाहिर बाहिर स्टन्ट नगरेको राम्रो भन्दै चितवनका युवाहरुले सञ्जालमै सार्बजनिक आलोचना शुरु गरेका छन् । आजको भण्डाफोर अभियानबाट