| 
  • मुख्य पृष्ठ

    आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/आज बिहान देशका विभिन्न क्षेत्रको मौसममा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । आज राति पहाडी भूभागको…

    Read More
  • मुख्य पृष्ठ

    बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा आज एमालेको पालिका अधिवेशन

    काठमाण्डौ/आज नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ । बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा एमालेको पालिका अधिवेशन हुन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय, थापाथलीबाट १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । पालिका अधिवेशनको उद्घाटनका लागि प्राविधिकलगायत तयारी पूरा भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बारको निस्कर्ष

    काठमाण्डौं/नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आज बसेको बारको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको उहाँले बताउनुभयो । बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ७ सय ७६ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ६ सय ७३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक सय तीन जना गरी सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १० हजार आठ सय ६४ जनाको नमुना परीक्षण…

    Read More
  • मुख्य पृष्ठ

    आउँदो मङ्सिर र पुसमा बाघ गणना गर्ने तयारी

    चितवन/आउँदो मङ्सिर र पुस महिनामा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने तयारी भएको छ । नेपालले हरेक चार/पाँच वर्षका अन्तरालमा बाघको गणना गर्ने गरेको छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । हिउँदका समयमा बाघ बाटोमा…

    Read More
  • अपराध/दुर्घटना

    पाँचथरमा बस दुर्घटनाः ६४ जना घाइते

    पाँचथर/पाँचथरको फिदिम–यासोक सडक खण्डमा बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन्। सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • मुख्य पृष्ठ

    सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज, असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने

    काठमाडौं/आजका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बैठक बोलाएका छन । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएका हुन । जबराले बोलाएको फुलकोर्टलाई असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित भएर बहिस्कार गर्ने घोषण गरिसकेका छन । मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन गर्न अस्वीकार गरेको आरोप जबरामाथि छ । यसअघि आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट…

    Read More
  • मुख्य पृष्ठ

    यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी हुने

    काठमाण्डौ/यो सालको हिउँदमा पनि औसत भन्दा धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा…

    Read More
  • अपराध/दुर्घटना

    संरक्षित वन्यजन्तु गैंडाको खागसहित दुई जना पक्राउ

    काठमाडौं/संरक्षित वन्यजन्तु गैंडाको खागसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । बागलुङको तमनखोला गाउँपालिका १ का २८ वर्षीय दीपक गोतामे र सोलुखुम्बुको दूधकोशी गाउँपालिका ६ का १९ वर्षीय तिलकबहादुर बस्नेतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका ९ गैरीगाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९७० ग्राम तौल…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ५ सय ५७ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख…

    Read More