आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाण्डौं/आज बिहान देशका विभिन्न क्षेत्रको मौसममा बदली रहेको छ ।
दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो ।

आज राति पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै तराईको मौसममा आंशिक बदली रहने छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।