| 
  • मुख्य पृष्ठ

    बाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डेद्वारा दाबी पेश

    हेटौडा/बागमती प्रदेशका मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दावी पेश गर्नु भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नु भएको हो। उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले…

    Read More
  • अपराध/दुर्घटना

    माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, पाँच घाइते

    सिराह/ढिस्कोमा पुरिएर सिराहको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको ढिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्ठामा ७ हजार १६७ पीसीआर परीक्षणमा ५ सय ८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०…

    Read More
  • मुख्य पृष्ठ

    बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

    हेटौडा/बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री आज बुधवार पदबाट राजीनामा दिनुभएको हो । वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो । शाक्यको राजीनामासँगै वागमती…

    Read More
  • अपराध/दुर्घटना

    डोल्पाको शे–फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर एक युवती बेपत्ता

    डोल्पा/हिमाली जिल्ला डोल्पामा पर्ने शे–फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…

    Read More
  • मुख्य पृष्ठ

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने

    काठमाण्डौं/बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिनुभयो । मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि अघिल्लो बैठकमा छलफल भएको थियो । प्रदेशसभामा आज मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो । त्यसअघि…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

    कैलाली – कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर…

    Read More
  • मुख्य पृष्ठ

    इनारमा डुबेर एक युवकको मृत्यु

    कास्की/इनारमा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । बेगनास बसपार्कस्थित इनारमा आज मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउरालीका अन्दाजी २२ वर्षीय राजु लामिछानेको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले इनारमा युवक डुबेको देखेपछि प्रहरीलाई खवर गरेकाले तत्कालै प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव इनारबाट निकालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले…

    Read More
  • अपराध/दुर्घटना

    झारफुक गर्ने क्रममा श्रीमती र छोरी हत्या गरेको आरोपमा एक युवक पक्राउ

    इलाम/झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङलाई आफ्नै श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज मंगलबार बिहान ६ बजे तामाङ घरभित्र धामी बसेका थिए । श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

    Read More