देशभर थप ५ सय ५७ जनामा कोरोना पुष्टि

काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ७७ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८७ हजार पाँच सय सात पुगेको छ ।

यही अवधिमा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४८ पुगेको छ ।