| 
  • मुख्य पृष्ठ

    आजको मौसम: आंशिकदेखि सामान्य बदली

    काठमाडौं/हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसो बढ्ने क्रम जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

    काठमाण्डौं/हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि…

    Read More
  • मुख्य पृष्ठ

    दुबई उड्न लागेका ७६ यात्रु अध्यागमनले फर्काइदियो

    काठमाडौं/दुबई जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले जानकारी दिए । ‘सहकारीको पत्र ल्याएर ७६ जना मान्छे आएका थिए । ७० प्रतिशत महिला थिए’ उनले भने, ‘मानव ओसारपसार…

    Read More
  • मुख्य पृष्ठ

    आज स्थानीय तहका १ हजार ६५० जना कर्मचारीको सरुवा

    काठमाण्डौं/विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत १ हजार ६ सय ५० कर्मचारीको आज सरुवा गर्दैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा…

    Read More
  • मुख्य पृष्ठ

    सभापतिको उम्मेदवार टुंग्याउन कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

    काठमाडौं/नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज मंगलबार बस्दैछ । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा…

    Read More
  • मुख्य पृष्ठ

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि दुई जनामा पुष्टि

    काठमाण्डौं/कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको…

    Read More
  • अपराध/दुर्घटना

    विदेशबाट ल्याएको सुन कटाइदिएको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरी जवान पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ । थप अनुसन्धान भइरहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

    काठमाण्डौं/राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ । जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस लुम्बिनीमा पौडेल समूहका उम्मेदवारको अग्रता

    बुटवल/नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र…

    Read More