कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि दुई जनामा पुष्टि

काठमाण्डौं/कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।