| 
  • मुख्य पृष्ठ

    सार्वजनिक ठाउँमा आजदेखि खोप कार्ड अनिवार्य

    काठमाण्डौं/आजदेखि सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना

    काठमाण्डौ/देशका पहाडी क्षेत्रका धेरै ठाउँमा आज पनि सिमसिम पानी पर्ने सम्भावना रहेको छ । आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने मौसविद् शान्ति कँडेलले बताउनुभयो ।अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

    चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड सुक्खा पहिरोका कारण ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ । अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप…

    Read More
  • मुख्य पृष्ठ

    अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना

    काठमाण्डौं/देशका विभिन्न ठाउँमा अबको तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने सम्भावना रहेको छ । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना छ…

    Read More
  • मुख्य पृष्ठ

    एसइई परीक्षा प्रदेश सरकारले गर्ने तयारी

    काठमाडौं/कक्षा १० को अन्तिम परीक्षा एसइई प्रदेश सरकारले गर्ने तयारी भइरहेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो । यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी…

    Read More
  • अपराध/दुर्घटना

    बुटवलमा आगो तापेर बसिरहेका बेला ढिस्को खसेर दुई जनाको मृत्यु

    बुटवल/बुटवलमा जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको मृत्यु गएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाको आक्रमणबाट चितवनमा दुई जना घाइते

    चितवन/रासस/पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, स्वास्थ्यसेवा प्रभावित

    चितवन/रासस/जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    ४ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

    हेटौडा/लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चार किलो गाँजासहित मनहरी गाउँपालिका–९ का ४९ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको हो । प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको…

    Read More