नाउपाको अध्यक्षमा लालवीर चौधरी चयन

काठमाडौं/नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । पार्टी अध्यक्षबाट रञ्जीता श्रेष्ठलाई हटाएर चौधरीलाई अध्यक्ष बनाइएको हो । संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष छानेको हो । चौधरी रेशमका बुबा हुन् भने रञ्जीताका ससुरा । भेलाले बुधबार रञ्जीतालाई अध्यक्षबाट हटाएको थियो ।

राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेपछि चौधरीले पार्टीलाई विधिविधानअनुसार अघि बढाउने बताएका छन् । उनले पार्टीभित्र निकास निकाल्नका लागि आफू गम्भीर रहेको भन्दै आफ्ना कुराहरू पार्टीमा राख्न रञ्जिता श्रेष्ठलाई सुझाव दिए । रञ्जिताले डेड वर्षदेखि पार्टीको बैठक समेत नराखेको र त्यसका कारण पार्टीका गतिविधि अवरुद्ध भएकाले राष्ट्रिय भेलामार्फत निकास निकाल्ने प्रयास गरेको चौधरीले बताए । पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा आफू अघि बढ्ने उनको भनाइ छ । रासस