४ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

हेटौडा/लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चार किलो गाँजासहित मनहरी गाउँपालिका–९ का ४९ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ