Breaking News
 | 
  • मुख्य पृष्ठ

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    काठमाडौँ/वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ ।अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप…

    Read More
  • मुख्य पृष्ठ

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    भद्रपुर,(झापा)/माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष बनेको छ । भद्रपुर–६ मोतियावारी माता मन्दिर छेउमा विगत तीन दशकयता माटाका मूर्ति बनाएर जीवन धान्दै आउनुभएका राजवंशी दोस्रो पुस्ताका मूर्तिकार हुनुहुन्छ । पिताबाट आर्जेको…

    Read More
  • मुख्य पृष्ठ

    हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

    मुस्ताङ/पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन । हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौंका मेयर बालेनले दिए राजीनामा

    काठमाडौं/काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । डंगोलले भनिन्, ‘हो, उहाँको राजीनामा आएको हो । मलाई नै बुझाउनुभएको छ ।’ उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा रविसँग भिड्न अधिकारकर्मी मिना खरेल ।

    चितवन/नेपाली कांग्रेस चितवनले निर्वाचन क्षेत्र नम्बर २बाट महिला अधिकारकर्मी मीना खरेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार पार्टीको क्षेत्रीय समितिले खरेललाई जिल्ला पार्टीले सर्वसम्बत उम्मेदवार बनाउने निर्णय गरेको हो । राजनीतिक, सामाजिक एवं अधिकारकर्मी खरेलको नाम लगभग निश्चित भएको नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव…

    Read More
  • मुख्य पृष्ठ

    तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

    दमौली,(तनहुँ)/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् । नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पनि उम्मेदवार टुङ्गो लागेको छ । नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

    काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२…

    Read More
  • मुख्य पृष्ठ

    मेयर बालेनले आज राजीनामा नदिने

    काठमाडौँ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ४) पदबाट राजीनामा नदिने भएका छन् । शाहका एक सल्लाहकारका अनुसार मेयरले आज पदबाट राजीनामा नदिने भएका हुन् । उमेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुनेछ । बालेनले राजीनामा नदिएरै घण्टीघर जाने तयारी गरेको पनि ती सल्लाहकारले बताए ।

    Read More
  • मुख्य समाचार

    चौथो मःम महोत्सव सुरु

    नेपालगन्ज,(बाँके)/विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ । नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले…

    Read More
  • राष्ट्रिय

    एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

    झापा/मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन् । विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी हुनुहुन्छ । पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गर्नुभएको थियो । उहाँहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ । सङ्गीतकार, गायक…

    Read More