वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाईयो
वीरगञ्ज/पर्साको वीरगञ्जमा लगाईएको कर्फ्यू हटाईएको छ । अवस्था केही सामान्य बन्दै गएपछि कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ ।समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९स् ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो ।
साँझ ४ः३० बजेदेखि भोलि बिहान मिति २०८२–११–१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

