Breaking News
 | 
  • मुख्य पृष्ठ

    बागमतीसहित ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर रहेको कारण प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू(भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि देशका केही…

    Read More
  • पत्रपत्रिका/अन्य

    सडकले ल्यायो गाउँमा पहिरो

    रुकुम/सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ। नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई…

    Read More
  • अपराध/दुर्घटना

    बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्दै प्र्याङ्क भिडियो बनाउने एक जना पक्राउ

    काठमाडौं/महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले…

    Read More
  • अर्थ वाणिज्य

    चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात

    काठमाण्डौं/नेपालबाट चालू आर्थिक वर्षमा ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम…

    Read More
  • मुख्य पृष्ठ

    थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । २०७८ सालको एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिएका हुन्। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पासपोर्ट लिनेको संख्या झन्डै दोब्बरले वृद्धि

    भरतपुर/चितवनमा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा चितवनको जिल्ला प्रशासन कार्यालयबाट १५ हजार ६१६ जनाले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा चितवनमा राहदानी लिनेको संख्या नौ हजार ५२८ रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ९०६ जनाले जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी लिएका…

    Read More
  • अन्तरराष्ट्यि

    रुसले युक्रेनको हतियार भण्डार नष्ट गर्‍यो

    एजेन्सी/युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार रुसी सेनाले नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ । रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो…

    Read More
  • अपराध/दुर्घटना

    दुई दिनको नगरसभा कार्यक्रममा जनप्रतिनिधिले खाए ८०३ किलो मासु

    जनकपुरधाम/स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं/आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

    Read More