प्रधानमन्त्री ओली– हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन
चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।
‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’