Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • खै कसरी आउँछ समृद्धि ? 

    बर्तमान ओली सरकारले आफ्नो सफलता सुखी नेपाली समृद्ध नेपालमा रहने निष्र्कषसहित यो नारा अगाडी सारेको महिनौ भईसक्यो । जनता सुखि हुने र देशलाई समृद्ध बनाउने लक्ष्य लिएको सरकारको कामकार्बाही भने ठिक उल्टो दिशामा अगाडी बढिरहेको आम आभास भईरहेको छ । सरकारले उत्पादनमुलक काममा जोड दिदै मुलुकभित्र मौलाउदो भ्रष्ट्रचार र महङ्गी नियन्त्रणमा लिन सकेमा मात्र एक…

    Read More
  • मेहनत किसानको, नाफा बिचौलियालाई

    बारीमा लगाएको बन्दा नबिकेपछि डोजर लगाएर नष्ट गर्दै चितवन खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान । तस्बिर सौजन्य : केदार शर्मा बुधबार, १६ माघ / काठमाडौं – मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको…

    Read More
  • सुमार्गीको रकम जसरी भए पनिु फिर्ता गराउन अर्को निर्देशन

    माघ १६, काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको पैसा जसरी भए पनि फिर्ता गराउन तीन वटा वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकलाई मंगलबार केन्द्रीय कार्यालय बालुवाटारमा बोलाएर राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । ‘उचित विकल्प खोजेर पैसा फिर्ता गर्न मौखिक निर्देशन दिएका छौं,’ स्रोतले भन्यो, ‘बैंकहरूले…

    Read More
  • सुशासन कहाँ सुध्रियो, कहाँ खस्कियो ?

    माघ १६, काठमाडौँ — नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता जवाफदेहिता र भ्रष्टाचार, सेवाका लागि दिनुपर्ने घूस, सरकार न्यायालय र संसदका प्रतिनिधिले गर्ने पदको दुरुपयोग, व्यापाररव्यवसायमा भ्रष्टाचार, राजनीतिक क्षेत्रमा जवाफदेहिता जस्ता विषयमा सर्वेक्षणलाई आधार बनाइएको थियो । सार्वजनिक क्षेत्रको कामकारबाहीको निगरानीको स्थिति विश्लेषण गर्ने विश्व बैंकले ७ वर्षदेखि नेपाललाई ३५ अंक दिइरहेको छ ।…

    Read More
  • रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क हटयो

    माघ १६,  काठमाडौँ — रेस्टुरेन्टको खानपछि बिलमा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को सौराह, पोखरा र केन्द्रीय कार्यालय काठमाडौंले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै १० प्रतिशत सेवा शुल्क नलिने जनाएको छ । ‘चौतर्फी विरोध तथा असन्तुष्टिका कारण सेवा शुल्क हटाउने निर्णय गरिएको’ विज्ञप्तिमा उल्लेख छ । यो…

    Read More
  • नयाँ सुरक्षा रणनीतिः प्रजिअको लिखित आदेश आए गोली ठोक्न सकिने

    काठमाडौँ – कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ । संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले यो विधेयक ल्याउँदा सरकारलाई…

    Read More
  • १३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

      काभ्रे /दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।  काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन्…

    Read More
  • आज शहीद दिवस, देशभर शहीदको सम्झना ।

    १६ माघ । देश र जनताको हक हितका निम्ति जीवन आहूति गर्ने शहीदहरुप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्धका जनआन्दोलनहरूमा आफ्नो जीवन वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ…

    Read More
  • द्वन्द्वकालमा मारिएका सबै सुरक्षाकर्मीलाई सहिद घोषणा

    काठमाडौं–सरकारले दशबर्षे माओबादी र अन्य द्वन्द्वको क्रममा मारिएका २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । गत् सोमबार मन्त्रिपरिषद्को बैठक बसी नेकपा नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।जसअनुसार सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई…

    Read More
  • चितवनको भण्डारामा एक महिलाको हत्या

    सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर…

    Read More