खै कसरी आउँछ समृद्धि ? 


बर्तमान ओली सरकारले आफ्नो सफलता सुखी नेपाली समृद्ध नेपालमा रहने निष्र्कषसहित यो नारा अगाडी सारेको महिनौ भईसक्यो । जनता सुखि हुने र देशलाई समृद्ध बनाउने लक्ष्य लिएको सरकारको कामकार्बाही भने ठिक उल्टो दिशामा अगाडी बढिरहेको आम आभास भईरहेको छ । सरकारले उत्पादनमुलक काममा जोड दिदै मुलुकभित्र मौलाउदो भ्रष्ट्रचार र महङ्गी नियन्त्रणमा लिन सकेमा मात्र एक हदसम्म समृद्ध नेपालको लागी सरकारको पहिलो पाईला मान्न आम मानिस तयार हुन्छन् । तर अवस्था र परिस्थीती यति भयाभव छ कि आज मुलुकमा महङ्गी बढेको बढेई छ , यो रोकिने संकेत छैन् । भ्रष्ट्रचारले आकास छुन लागीसक्यो । ठेक्का पट्टा, कमिशनतन्त्र यति हावी छ की त्यस्को बर्णन गरेमा एउटा ठुलै पुस्तक तयार हुन्छ । कर्मचारीतन्त्र अहिले पनि खुलमखुल्ला भ्रष्ट्रचारमा लिप्त छन् । नेता देखि दलका कार्यकर्ता सम्म बिना उधम ब्यबसाय सौखिन जिबन बेतित गरिरहेका छन् । आम मानिसलाई बाँच्नभन्दा मर्न बरु सजिलो दुःखदायी अवस्था छ । दैनिकी सञ्चालन गर्नपनि मुस्कीलको अवस्था बनीरहेको छ । आम जनताको दुईतिहाई हिस्सा रोजगारीको निम्ती अहिलेपनि बिदेश भास्सीरहेकै छन् । तिनलाई रोक्ने ओली सरकारको कुनै योजना नै देखिदैन् । भाषणमा कस्ले के बोल्दछ त्यो गौण कुरा हो के भईरहेछ । के गरिरहेका छन् त्यो मुख्य कुरा हो । यसरी हेर्दा सरकार अहिले पनि युवा बिदेश पठाउनमै तल्लीन छन् । सरकारको निती र कार्यक्रमले त्यहि पुष्टि गरेको छ । सरकारका मान्छेहरु देशका युवा बाहिर पठाउनुमा नै आफ्नो पौरख र गौंरब ठान्छन, अनि भन्छन मुलुकमा समृद्धि ल्याईन्छ । महाशय ज्यूहरु तपाईहरुले सोचेको कस्तो समृद्धि हो रु आफ्ना पार्टीका भनेपछी आची नै लागेको भएपनि उसलाई दुनियाँकै सफा देख्छन दल र सरकार चलाउने मान्छेहरु, एउटा तस्करको पहुँच र सेटिङ्ग सिधै सिंहदरबारसम्म हुने बर्तमान ब्यबस्था र सरकारबाट जनताले के अपेक्षा गर्न सक्छन र रु यो कुनै आग्रह, पुरबाहग्रह अनि आरोप होईन यथार्थ नै हो । प्रमाणित बिषय हो । सुन तस्करीका ठुलामाछाहरु कहाँ हराए रु कि खोलाले बगायो । खै खोला भन्दा सुक्यो । हैन भने ति तस्करहरु सरकार र प्रधानमन्त्री कार्यालयकै मान्छेहरुको साँठगाँठ तिनीहरुसँग भएरै उनीहरु ढुक्क छन् । उल्टो सरकारका मान्छेहरुसँग सरकारी खर्चमा भ्रमण गर्छन उनीहरु नै । आयल निगमको जग्गा काण्ड र भ्रष्टचार कता गयो रु बाईडबडी काण्ड के भयो रु कि काले काले मिलेर खाँउ भाले भयो की रु के जनताले यसरी नै बुझ्नुपर्ने हो रु एनसिएल काण्ड, करछुट काण्ड, लोकमान काण्ड सबै काण्ड किन सेलाईयो । कम्युनिष्ट नामको दुईतिहाईको सरकारको चाला छ्या रु लाज लागेर आउँछ । यस्तो पनि हुन्छ रु अझै केही बिग्रीएको छैन । समय छ, प्रधानमन्त्री ज्यू बिचार गर्नुस माफिया, तस्कर, भ्रष्ट्रचारी, ठग, घुसखोरी, स्वार्थी समूह, काला ब्यापारी एवं कालाबजारियाहरु र लुटेराहरुको घेराबाट तपाई र तपाईको सरकार अनि पार्टीपक्तिलाई मुक्त र शुद्ध गर्नुस । सबै भ्रष्ट घुसखोरी र अबैध कारोबारीहरु चाहे ति अख्तीयारकै किन नहुन, चाहे ति राजस्व कार्यालयका अनि तपाईकै पार्टीका किन नपरुन सबैलाई कार्बाही गर्नुस । देशमा मुख्य तिन कुराको सुनिश्चित गर्नुस १० महङ्गी र कालोबजारी नियन्त्रण, २० ब्यबसायकि बाताबरण र राजगारीका अवसर, ३० बैङ्क ब्याज नियन्त्रण, बित्तिय सुधार र बिना झन्झट, कम ब्याजदरमा सहुलियत लगानीको माहोल बनाउनुस समृद्धिको शुरुवात हुनेछ । राजनितीमा पारर्दशिता र निस्वार्थ भावनाले काम गर्ने बाताबरण बनाउनुस अनि बल्ल देशमा समृद्धिको लहर आउनेछ । अन्यथा काशिको यात्रा कुत्तिको बाटो भने जस्तै हुन जान्छ । त्यसैले भाषणबाजीमा होईन, तथ्याङ्कमा पनि होईन् जमिनी यथार्थमा बिकास र सुधार गर्न लागौं । भाषणबाजी र तथ्याङ्कमा रमाउँदा पछी पछुताउनुपर्ला बेलैमा सोचौं र आफुलाई आफ्नो पक्तिंलाई अर्थात सरकार र पार्टीलाई बदल्दै देश बदल्न लागीपरौं । अन्यथा मनको लड्ड घ्यू सँग भने झै होला है रु अत् ः यस्तो पाराले मुलुकमा खै कसरी आउँछ समृद्धि रु