Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनमा चैते–५ जातको धानमा ‘नेक ब्लास्ट’ देखियो

    चितवन/खैरहनी नगरपालिका–१३ की गंगा कडेरियाले यस वर्ष ठूलो आशाका साथ चैते धान लगाइन्। प्रतिकठ्ठा दुई हजार रुपैयाँका दरले १४ कठ्ठा जग्गा भाडामा लिएर उनले चैते–५ जातको धान रोपेकी थिइन्। धान पाक्ने बेला आउँदा उनको खेत सुनौलो बाला होइन, सेताम्मे सुकेका बालाले भरिएको छ। ‘पहिला त अलिअलि मात्र देखिन्थ्यो। यसपालि त पुरै धान बिग्रियो। दुई पटक…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका सात स्थानीय तहले ४ अर्ब ९६ करोड पाए, सबैभन्दा बढी भरतपुरलाई २ अर्ब ५ करोड

    चितवन/चितवनका सात वटा स्थानीय तहले ४ अर्ब ९६ करोड ४ लाख रुपैयाँ पाएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका पालिकालाई सो रकम हस्तान्तरण गरेको हो । सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विषेश र समपुरक अनुदान मार्फत रकम हस्तान्तरण गर्ने गर्दछ । चितवनका सात वटा स्थानीय तहले समानिकरण अनुदान अन्तरगत १ अर्ब २७…

    Read More
  • ‘ब्यारेकजस्तै घर’

    राँझा,(बाँके)/बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी…

    Read More
  • राष्ट्रिय

    हुम्लाका विद्यालयलाई फुटबल सहयोग

    सिमकोट,(हुम्ला)/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार एन्फाले…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

    देवदह,(रुपन्देही)/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ…

    Read More
  • WAY ग्रुप नेपालद्वारा ११औँ वार्षिक स्थापना दिवस मनाइयो

    WAY ग्रुप नेपालले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर सेवा, जनचेतना अभिवृद्धि र सकारात्मक परिवर्तनका लागि क्रियाशील रहँदै आफ्नो ११ औँ वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाका केन्द्रीय अध्यक्षले शुभकामना सन्देश जारी गर्दै संस्था स्थापना भएदेखि हालसम्मको यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण अभियन्ता, कार्यसमिति सदस्य, शुभेच्छुक, सहयोगी तथा प्रत्यक्ष र…

    Read More
  • परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

    काठमाडौँ/परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर्नुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत…

    Read More
  • मुख्य पृष्ठ

    भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

    काठमाडौं/भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ । नयाँ मूल्यअनुसार भारतको राजधानी…

    Read More
  • अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अछाम/अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य

    काठमाडौं/पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । साथै, विद्यमान डिम्याट खाताको केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जारी…

    Read More