Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    संसदीय दलको नेताका निम्ति नेपाली काँग्रेसमा चुनाब हुँदै! संसदीय दलमा: देउवा निश्चित, इतरमा अलमल

    काठमाडौ/नेपाली काँग्रेसले संसदीय दलको नेताका चयन गर्ने प्रयोजनका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो। नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन्। बुधबार बिहान हुने निर्वाचनमा दलको नेताका लागि देउवाले उम्मेदवारी दिने निश्चित…

    Read More
  • चितवन सेरोफेरो

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।

    रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३/२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ। तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन। उनले आफ्नो छ महिनाभित्र कार्यकालमा…

    Read More
  • मुख्य पृष्ठ

    नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी

    काठमाडौ/राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उनी परामर्शमा छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले भने, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार प्रतिनिधि सभाको विवरण बुझाएपछि…

    Read More
  • मुख्य पृष्ठ

    के एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

    सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे। पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट…

    Read More
  • ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव!

    काठमाडौ/निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक९अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ । अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर…

    Read More
  • मुख्य पृष्ठ

    आज विवाह पञ्चमी पर्व

    काठमाण्डौं/प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता…

    Read More
  • अपराध/दुर्घटना

    लागुऔषधसहित लोथरबाट दुई जना पक्राउ

    चितवन/लागुऔषधसहित पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित पूर्व–पश्चिम राजमार्गबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मंसिर ७ गते विशेष सूचनाको आधारमा मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाईकल…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक

    काठमाण्डौ/प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ३९, एमाले २६, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ तथा राप्रपा ४ ठाउँमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति…

    Read More
  • चितवन सेरोफेरो

    चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का हरि ढकाल निर्वाचित

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् । यसैबीच एमाले उम्मेदवार पाण्डेले…

    Read More
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र न २ मा रवि लामिछानेको जित निश्चित

    भरतपुर/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र न २ बाट जित्ने निश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ७३ हजार ९४४…

    Read More