प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक

काठमाण्डौ/प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ३९, एमाले २६, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ तथा राप्रपा ४ ठाउँमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टी दुईरदुई ठाउँमा विजयी भएका छन् ।

जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एकरएक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले चार वटा क्षेत्रमा जितेका छन् ।