रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी।

रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३/२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३/२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ।

तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन। उनले आफ्नो छ महिनाभित्र कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा कपडा वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताएकि छन्।

यसैगरी नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले आफ्नाे कार्याकालमा मुलतः क्लब व्यवस्थापन र बालबालिकाकाे हक अधिकारका लागि डटेर विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए। कार्यक्रममा बोल्दै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रो. भोला जोशीले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
रोट्र्‍याक्ट क्लब भरतपुर हाईट चितवन जिल्लामा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै अग्र रूपले अगाडि बढिरहेको छ।