चितवन क्षेत्र न २ मा रवि लामिछानेको जित निश्चित

भरतपुर/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र न २ बाट जित्ने निश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ७३ हजार ९४४ मत गनिसक्दा २८ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ४२ हजार २४१ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ९२९ मत ल्याएका छन् । रवि २८ हजार ३१२ मतान्तरले अगाडि छन् । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।