Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    आज प्रधानमन्त्री ओली चितवन आउँदै, सुरक्षा व्यवस्था कडा, प्रचण्ड-माधव समुह निकट अनेरास्वबियूले ठाउठाउमा टाएर जलाई अवरोधको प्रयास!

    चितवन/प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउने कार्यक्रम छ । भरतपुरमा हुन् लागेको आफ्नो समुहको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन्। सोही अवसरमा प्रधानमन्त्री ओलीले भरतपुरका दुई विकास आयोजनाको शिलान्यास कार्यक्रम गर्ने छन्। प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको…

    Read More
  • चितवन सेरोफेरो

    कामचलाउ सरकारका प्रधानमन्त्री ओलिद्वारा भरतपुर महानगरको गौरवको आयोजनामाथि ठाडो हस्तक्षेप!

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको गौरवको आयोजनामा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेकी छिन्। आज भरतपुर महानगरपालिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी,कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास गर्न कामचलाउ…

    Read More
  • चितवन सेरोफेरो

    आज जिल्लाका सबै शैक्षिक संस्था बन्दको आह्वान: तत्काल रिहा नगरे थप संघर्ष घोषणा हुने।

    चितवन/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाले आज(माघ१५)जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ। आफ्ना सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’लाई फरक आस्था र विचारकै आधारमा ओली सरकारले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले…

    Read More
  • मुख्य समाचार

    अब विघटनको पालो प्रदेशसभाको ?

    प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। प्रतिनिधिसभा विघटन गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रदेशसभा पनि विघटन हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई अप्ठेरो पार्ने गरी कुनै कदम चालिए आफूले प्रदेशसभा पनि विघटन गर्न…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा अज्ञात समूहद्वारा ट्रक तोडफोड !

    चितवनमा आज एउटा ट्रक तोडफोड भएको छ। भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेको प्रहरीले जनाएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा आएका समूहले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुङ्गा हानेर भागेको भन्ने…

    Read More
  • मुख्य समाचार

    भोलि माघ १० गते विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द !

    काठमाडौँ/विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माघ १ गते बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

    सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,…

    Read More
  • मुख्य समाचार

    निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरीत !

    काठमाडौँ/निर्वाचन आयोग ऐनको दफा १९९४० मा निर्वाचनको काममा खटाएको वा लगाएको कर्मचारीलाई आयोगको स्वीकृतिबिना सरूवा गर्न वा काज खटाउन नपाइने व्यवस्था छ । निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई…

    Read More
  • मुख्य समाचार

    सीमा विवादबारे छलफल गर्न भारत अनिच्छुक

    भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय…

    Read More
  • मुख्य समाचार

    सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव नेतृत्वको नेकपाका नेता बास्तोला।

    विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए । ‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका…

    Read More