Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    विप्लव नेकपा र सरकार बीच तीनबुद्दे सहमति सँगै विप्लवका एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै।

    फाल्गुन २० काठमाडौं/सरकार र विप्लव नेकपाबीच आज तेस्रो चरणको वार्तामा तीनबुद्दे सहमति भएको छ । दुई पक्षबीच सहमति भएपछि भोलि २१ गते दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना समेत गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता…

    Read More
  • मुख्य समाचार

    सरकार र विप्लव नेकपा वार्ता सम्पन्न, थप वार्ता हुँदै जाने।

    फागुण १९ काठमाण्डौं । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको बीच वार्ता आज पहिलो चरणको औपचारीक वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता टोलीहरुबीच आज बिहान भएको वार्ता थियो। वार्ता सकारात्मक दिशामा अघि बढेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । हिजो मात्रै दुबै पक्षले दुई दुई सदस्यीय वार्ता…

    Read More
  • मुख्य समाचार

    सरकार र विप्लव नेतृत्वको विद्रोही नेकपा बीच वार्ता हुने, बादल र प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन।

    सूर्य बराल/चितवन/नेपाल सरकार र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपा बीच वार्ता हुने भएको छ। वार्ताको सम्भावना बढ्दै गएसँगै दुवै पक्षले वार्ता टोली गठन गरेका छन्। सरकारको तर्फबाट गृह मन्त्री राम बहादुर थापा बादल र विद्रोहीको तर्फबाट सो पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन भएको हो। सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका…

    Read More
  • सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर !

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई…

    Read More
  • चितवन सेरोफेरो

    न्यायपालिकाको निर्णयलाई शिरोधार्य गर्ने

    चितवन/उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफुहरुले न्यायालयको फैसला मान्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका छन् । न्यायालयले जे फैसला गर्छ त्यो हामीलाई मान्य हुन्छ । न्यायलयको फैंसला नमान्ने लोकतन्त्रवादी हुन नसक्ने भन्दै दुईदिन अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिराटनगरको बोली…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा ओली समूह चितवनको अध्यक्षमा रावल, सचिवमा खनाल चयन।

    चितवन/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चितवनको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ र सचिवमा प्रकाश खनाल (शैलेस) चयन भएका छन् । हिजो बुधबार बसेको ओली समुहको जिल्ला बैठकले अध्यक्षमा रावललाई र सचिवमा खनाललाई चयन गरेको हो । रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रियसभाकी सांसद् हुन् भने सचिवमा नियूक्त खनाल रामबहादुर थापा बादल समूहका हुन् ।…

    Read More
  • मुख्य समाचार

    भारतीय शासकहरू सधैं लिन्छन्, दुष्प्रचारकै सहारा

    ‘भाजपाका अध्यक्ष रहेका बेला अमित शाहले नेपालमा समेत भाजपाको सरकार विस्तार गर्ने योजना सुनाएको’ बताएर त्रिपुराका मुख्यमन्त्री विप्लव देव विवादमा तानिएका छन् । नयाँदिल्ली — भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव नेपाल र श्रीलंकाका सम्बन्धमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । त्रिपुराको राजधानी अगरतलामा शनिबार भएको पार्टी कार्यकर्ता भेलामा मुख्यमन्त्री देवले भारतीय जनता…

    Read More
  • मुख्य समाचार

    जनताको अगाडी ओली सरकार कागजी बाघ सावित,अन्ततः झाक्री रिहा

    काठमाडौं/नेकपा प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेको केहि घण्टामै सरकार रिहा गर्न बाध्य भएको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले अहिले भर्खर रिहा गरेको छ । उनलाई प्रहरीले अहिले साँझ रिहा गरेको हो ।उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको बुझिएको छ ।…

    Read More
  • मुख्य समाचार

    भारतमा किसान आन्दोलन उत्कर्षमा,आज देशभर चक्काजाम

    भारतमा कृषि कानूनविरुद्ध किसानको जारी आन्दोलन उत्कर्षमा पुगेको छ। किसानले आज शनिबार दिउँसो १३ बजेदेखि ३ बजेसम्म पूरा देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्का जाम गर्ने घोषणा गरिएको छ तर पनि दिल्ली पुलिस सतर्क छ । २६ जनवरीको दिन भएको हिंसालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले छिमेकी राज्यसँग जोडिएको सीमामा…

    Read More
  • चितवन सेरोफेरो

    ओली सरकार छिट्टै पतन हुन्छ: पूर्वमन्त्रि जनार्दन शर्मा

    चितवन/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले ओली सरकार छिटै पतन हुने बताएका छन्। उनले यो सरकार छिट्टै पतन हुने भन्दै ओलिको असंवैधानिक कदमको विरुद्ध एम्बुलेन्स चालकहरुलाई एकजुट भएर संघर्षमा उत्रन अपील गरेका छन्। आज मंगलबार भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारण सभामा मन्तब्यको क्रममा उनले यस्तो…

    Read More