Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • आज प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम

    चितवन,फागुन ७/ एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन हो । त्यस एतिहासिक दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका…

    Read More
  • दिनहुँजसो लुटिन्छन् नेपाली मलेसियाको क्वालालम्पुर विमानस्थलमा

    मलेसिया – मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ । प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले…

    Read More
  • सरकारले किन्यो पाँच वर्षमा १३ अर्बको फर्निचर सामान

      काठमाडौं/ हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन विदेशमा धन भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुपर्ने…

    Read More
  • सामुदायिक विद्यालयका शिक्षक पेशाप्रति जिम्मेवार नरहेको नेता पाण्डेको आरोप

    चितवन, फागुन ६ /पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् । रत्ननगर नगरपालिका–१५ स्थित आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सवअन्तर्गत स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा बोल्दै नेता पाण्डेले शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताएका हुन् । ‘सामुदायिक विद्यालयका शिक्षकलाई जागिर…

    Read More
  • देशमा भ्रष्टाचारको संक्रमण फैलियो : पूर्वप्रधानमन्त्री डा. भट्टराई

    गुल्मी, फागुन ६/ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संक्रमण फैलिएको बताएका छन् । गुल्मीको मुसिकोट नगरालिका–७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर, धर्मको डर देखाएर सम्भव नहुने बताए । उनले विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने…

    Read More
  • २० वर्षमा वन्यजन्तुको आक्रमणबाट ६० जनाले ज्यान गुमाए ।

      प्रनिश थापा । चितवन /६ फागुन / गएको २० वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनको माडी नगरपालिकामा ६० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बन्यजन्तुको आक्रमणबाट यो साउनयता मात्रै माडी नगरपालिकामा पाँच जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाका प्रमुख ठाकुर ढकालले वन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगर सम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी…

    Read More
  • कश्मीरमा आम हड्ताल, जातीय दंगाको खतरा

    एजेन्सी / ४० जना अर्धसैनिक बलका सैनिकको ज्यान जाने गरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती आक्रममण पछि आइतबार पनि आम हड्ताल जारी रह्यो । कश्मीर बाहिर रहेका कश्मीरीमाथि आक्रमण र दुर्व्यवहार भएको भन्दै कश्मीरमा आमहड्ताल भएको हो । कश्मीर उपत्यकाका व्यावसायिक संस्थाहरुको अगुवाइमा आमहड्ताल गरिएको हो । आम हड्ताललाई यातायात व्यावसायी तथा ट्रेड युनियनहरुले…

    Read More
  • यसरी बढ्दैछ भारत पाकिस्तान विच तनाव

    फागुन ६, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी भारत प्रशासित कश्मीरको पुलवामा आतंकवादी आक्रमणमा बिहीवार मारिएपछि उनीहरूबीच तनाव बढेको हो। दिल्ली, नोएडा, चण्डीगढ, जम्मु, इलाहाबाद, लखनउ लगायतका शहरमा पाकिस्तान र आतंकवाद विरुद्ध प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। उक्त आक्रमणमा पाकिस्तानी हात रहेको भारतको…

    Read More
  • ठुलो परिणामको अवैध गाँजा सहित ८ जनालाई पक्राउ

    फागुन ६, काठमाडौं । बुद्ध नेपाली, ठुलो परिणामको अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ८ जनालाई पक्राउ गरेको छ । प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट ८ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी…

    Read More
  • हिउँदे झरी अझै केहि दिन चल्ने

      काठमाडौं /मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो…

    Read More