यसरी बढ्दैछ भारत पाकिस्तान विच तनाव

फागुन ६, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी भारत प्रशासित कश्मीरको पुलवामा आतंकवादी आक्रमणमा बिहीवार मारिएपछि उनीहरूबीच तनाव बढेको हो।

दिल्ली, नोएडा, चण्डीगढ, जम्मु, इलाहाबाद, लखनउ लगायतका शहरमा पाकिस्तान र आतंकवाद विरुद्ध प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। उक्त आक्रमणमा पाकिस्तानी हात रहेको भारतको भनाइ छ।

भारतले पाकिस्तानलाई दिँदै आएको मस्ट फेभर्ड नेशनको सुविधा शुक्रवार समाप्त गरेको छ। पाकिस्तानबाट आयात गरिने सामानमा भारतले भन्सार बढाएर २ सय प्रतिशत पु¥याएको घोषणा गरेको छ।

पाकिस्तानले भने आफूलाई भारतले यस्तो जानकारी नदिएको बताएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वाणिज्य सल्लाहकार अब्दुल रजाक दाउद भने, ‘भारतले त्यस्तो सूचीबाट हटाएको हामीलाई जानकारी दिएको छैन।’ भारतले सन् १९९६ मा पाकिस्तानलाई यस्तो सुविधा दिएको थियो। पाकिस्तानले भने भारतलाई यस्तो दर्जा दिएको छैन। भारतले भन्सार शुल्क बढाए विश्व व्यापार संगठनमा उजुरी गर्ने दाउदले बताए।

आइतवार भारतीय कलाकारिता क्षेत्रले पनि पाकिस्तानविरोधी कार्यक्रम अघि सारेको छ। कलाकारिता क्षेत्रले काँधमा काँध मिलाएर सुरक्षाकर्मीलाई समर्थन गर्ने बताएका छन्। फिल्मी कलाकारको संगठन आईएफटीडीएले पाकिस्तानी कलाकारसँग काम नगर्ने घोषणा गरेको छ। फिल्म निर्माता अशोक पण्डितले देश सुरक्षित भए मात्र कलाकारिता रहने बता चर्चा गरे। भारतीय चलचित्र नगरी मुम्बईमा पुलवामा मारिएका सैनिकको अन्त्येष्टि कार्यक्रममा वीरेन्द्र सहवाग, हरभजन सिंह, सुरेश रैना र मोहम्मद कैफ जस्ता क्रिकेटर पनि सहभागी थिए। आईएफटीडीएले विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीप्रति सम्मान प्रकट गर्न पनि पाक कलाकारसँग सहकार्य नगर्ने स्पष्ट पारेको छ। यसैगरी शोक मनाउन आग्रह गर्दै व्यापारीले सोमवार ‘भारत व्यापार बन्द’ घोषणा गरेका छन्। व्यापारीको प्रमुख संगठन कन्फेडरेशन अफ आल इन्डिया ट्रेडर्स ९क्याट०ले गरेको हो।

भन्सार बढेसँगै पाकिस्तानले आफ्ना उत्पादन भारतमा निर्यात गर्न कठिन हुनेछ। सन् २०१७।०१८ मा पाकिस्तानबाट भारतले ३४ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो। पाकिस्तानले फलफूल, सिमेन्ट, छालाका सामान भारत निर्यात गर्ने गरेको छ। भारतले सन् २०१७।०१८ मा ४८ करोड ८५ लाख डलर बराबरको सामान आयात गरेको थियो भने १ अर्ब ९५ करोड डलर बराबरको सामान निर्यात गरेको थियो। आजको अन्नपूर्णपोष्टबाट ।