ठुलो परिणामको अवैध गाँजा सहित ८ जनालाई पक्राउ

फागुन ६, काठमाडौं । बुद्ध नेपाली, ठुलो परिणामको अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ८ जनालाई पक्राउ गरेको छ ।

प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा र प्रशोधन गरी भारत तर्फ लैजान लागेको ५ किलोग्राम गाँजा सहित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित क्यानेश्वरबाट ८ जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी पमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पर्शाहगढी नगरपालिका ४ का ४५ वर्षका जयदेव माझी मुसहर, वर्ष ४६ का बागर माझी मुसहर, वर्ष ४५ का डोडामाझी मुसहर, वर्ष ३५ की लालमती माझी मुसहर, वर्ष ४० की भगवती माझी मुसहर, वर्ष ३७ की रोहनी माझी मुसहर, वर्ष ३६ की तैइती माझी मुसहर, वर्ष ३३ की कुसुनी माझी मुसहर रहेका छन् ।

क्यानेश्वरका स्थानीय अमृत तामाङको घरमा काटेर राखिएको गाँजालाई प्रसोधन गरिरहेको भन्ने सुराकीका आधारमा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सिँहको भनाई छ ।

‘अबैध गाँजालाई प्रसोधन गरी तराई हुँदै भारत तर्फ लैजान लागेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरिक्षक निरन्जन थापाको कमाण्डमा गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरिएको हो,’ प्रहरी उपरिक्षक सिँहले भने ।

उनिहरुलाई शुक्राबार साँझ पक्राउ गरी आइतबार जिल्ला सदरमुकाम स्थित जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको लिएको छ । उनले भने ‘ अमृत तामाङ भने फरार भएका छन् । उनको खोजि कार्य जारी राखिएको छ ’।

प्रहरीले नियन्त्रणमा लिएको गाँजा केही समय अघि सिन्धुली प्रहरीले नष्ट गरेको भनेको गाँजानै भएको हुन सक्ने आशंका गरिएको छ । सिन्धुलीका तत्कालीन प्रहरी प्रमुख रामेश्वर यादवका पालामा त्यस क्षेत्रमा लगाइएको भनिएको अबैध गाँजा खेतिलाई नष्ट गरिएको भनिएको भएपनि त्यही गाँजा स्थानीयले लुकाएर राखिएको हुन सक्ने प्रहरीको भनाई छ ।

जिल्लाको मरिण क्षेत्र स्थित मरिण गाउँपालिका र हरिहरपुर गढी गाउँपालिकामा १ सय ३५ विगाहबढी क्षेत्रफलमा अबैैध गाँजा खेति गरिएको भन्दै त्यसलाई प्रहीको सक्रियतामा नष्ट गरिएको प्रहरीलेनै पुष्टि गरेको थियो । आजको नेपाल समाचारपत्रबाट ।