आज प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम

चितवनमा प्रभातफेरी सहितको कार्यक्रम

चितवन,फागुन ७/ एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन हो । त्यस एतिहासिक दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाएपनि यस दिन सार्बजनिक बिदा भने पहिल्यै कटौंति गरिसकेको छ । चितवनमा पनि आज बिहान प्रभातफेरी सहित एक विशेष समारोहको अयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ । भरतपुरको चौविसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले सहितको सपना साकार गर्ने सुनौलो अवसर प्राप्त भएको भन्दै आ–आफ्नो क्षेत्रबाट राष्ट्रको विकासमा सहयोग पु¥याउन आग्रह गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,नेकपा जिल्ला नेता तेजेन्द्र खड्का लगाएतले बोलेका थिए ।