Breaking News
 | 
  • अपराध/दुर्घटना

    ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा …।

    सिन्धुपाल्चोक/अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    सरकारलाई प्रश्न : १५ किलो सुन कसरी भयो चाँदी ?

    काठमाडौं/प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा।६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो। यो घटना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार…

    Read More
  • अपराध/दुर्घटना

    नदीजन्य पदार्थ उत्खननमा स्थानीय सरकारबाटै नियम उल्लंघन

    ढुंगा, गिटी र बालुवा उत्खननमा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ। पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ। यसैले ठेकेदार, व्यवसायी, कर्मचारीमात्र होइन, अवैध दोहन रोक्नुपर्ने स्थानीय सरकारमाथि पनि नियम तोड्न उद्यत् रहेको आरोप लाग्ने गरेको छ। प्रदेश…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला हत्या प्रकरणः कसको थियो त्यो सर्टको टुक्रा ?

    काठमाडौं/निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण जति रहस्यमय बनेको छ, उति नै यसको अनुसन्धान सुस्त पनि छ। पछिल्लो समय निर्मला हत्या अनुसन्धान एउटा परीक्षणले रोकिएको छ। घटनास्थलमा भेटिएको सर्टको टुक्राको फाइबर परीक्षणको रिपोर्ट दुई वर्ष बित्दा पनि आएको छैन। उक्त सर्टको टुक्रा दिलीपसिंह विष्टको हो कि होइन भनेर परीक्षण अनिवार्य बनेको छ। सर्टको टुक्राको परीक्षण…

    Read More
  • अपराध/दुर्घटना

    ओम्‍नी प्रकरणः स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत

    काठमाडौं/विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा। खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० मा भएको…

    Read More
  • अपराध/दुर्घटना

    भित्र भित्रै फेरि नेटवर्किङ धन्दा: नेचर हर्ब्ससँग स्पष्टीकरण

    काठमाडौं/गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागले कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्काल हटाउन…

    Read More
  • अपराध/दुर्घटना

    चौध लाख नगदसहित चार जुवाडे पक्राउ

    सोलुखुम्बु जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार…

    Read More
  • अपराध/दुर्घटना

    घुस लिंदै गर्दा चार प्रहरी पक्राऊ।

    डिलकुमारि नेपाल/हेटौँडा साउन १३/सबै तिर अरुले घुष खाने गरेका चचा अाए तर पछिल्लो समय प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।यस्ता अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेकाे छ। यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या गर्नेको संख्या भरतपुर महानगरपालीकामा सबै भन्दा धेरै

    डिलकुमारि नेपाल/चितबन साउन१२/चितवन जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६र७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका तथ्यांक दिईएको छ । आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् । आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी कार्यालयमा बेथिति : भत्ता खान महिनामै २२ बैठक

    काठमाडौं/सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्। यसरी बोर्डले एक वर्षमा ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। कार्यालय समयमा सम्पन्न गर्न सकिने विषयमा पनि छुट्टै बैठक बस्दा अनावश्यक आर्थिक बोझ थपिएको छ। महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७औं…

    Read More