Breaking News
 | 
  • अपराध/दुर्घटना

    कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

    चितवन/कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुईको ज्यान गयो, १८ जना घाइते

    हेटौडा/मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँमा कौडा खेलिरहेका २९ जना ९ लाख नगदसहित पक्राउ

    तनहुँ /तनहुँको ढोरफिर्दीमा कौडा खेलिरहेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी लालीमका बिलबहादुर गुरुङको घरमा जुवा खेलिरहेका २९ जनालाई मंगलबार राति १० बजे प्रहरीले पक्राउ गरेको हो । ठुलो धनराशीमा कौडा खेल भरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।…

    Read More
  • अपराध/दुर्घटना

    मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    डोटी/मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो । त्यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् ।घाइते साउदको…

    Read More
  • अपराध/दुर्घटना

    किर्ते सहीछाप गरेर अर्काको जग्गा विक्रि गर्ने ३ जना कारागार चलान

    सुर्खेत/ किर्ते सहीछाप गरेर अर्काको जग्गा बेचिदिने तीन जनालाई कारागार चलान गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । उच्च अदालतले वीरेन्द्रगर सुर्खेतका सन्तोष ठाकुरसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजेन्ऽ सुवेदी र राजेश्वर तिवारीको बिहीबारको संयुक्त इजलासले वीरेन्द्रनगर–२ भुरेलीका ठाकुरसहित, वीरेन्द्रनगर–५ का निर्मल पुरी र…

    Read More
  • अपराध/दुर्घटना

    बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने एक जना पक्राउ

    सिरहा/बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा सिरहाबाट एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको कल्याणपुर नगरपालिका–१० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो । व्यक्तिगत रिसिविका कारण यादवले महिलालाई बोक्सिको आरोप लगाउँदै कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका…

    Read More
  • अपराध/दुर्घटना

    माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, पाँच घाइते

    सिराह/ढिस्कोमा पुरिएर सिराहको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको ढिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट…

    Read More
  • अपराध/दुर्घटना

    डोल्पाको शे–फोक्सुण्डो ताल घुम्न जाने क्रममा खोलामा खसेर एक युवती बेपत्ता

    डोल्पा/हिमाली जिल्ला डोल्पामा पर्ने शे–फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् । दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे–फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

    कैलाली – कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर…

    Read More
  • अपराध/दुर्घटना

    झारफुक गर्ने क्रममा श्रीमती र छोरी हत्या गरेको आरोपमा एक युवक पक्राउ

    इलाम/झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङलाई आफ्नै श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज मंगलबार बिहान ६ बजे तामाङ घरभित्र धामी बसेका थिए । श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी…

    Read More