Breaking News
 | 
  • अपराध/दुर्घटना

    यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौ बिचौलिया पक्राउ

    काठमाडौँको/यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौजना बिचौलियालाई पक्राउ परेका छन् । लाइसेन्स ब्लूबुकलगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणहरूलाई छिटो छरितो काम गरिने आश्वासन दिई जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय परिसरबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन गरी बिचौलियाहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिनेशराज…

    Read More
  • अपराध/दुर्घटना

    गहुँ खेतमा खरानी फाल्न गएकी महिलाको घाँटी रेटी हत्या

    सप्तरी/सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा गहुँ खेतमा खरानी फाल्न गएकी एक महिला मृत भेटिएकी छिन् । हिजो बेलुका घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादव हत्या गरिएको अवस्थामा भेटिएकी हो । यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो । बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी

    सिरहा/दुई किराना पसलमा सटर फोडेर सिरहामा १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ। गोलबजार ना।पा–६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएकोे हो। चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २०…

    Read More
  • अपराध/दुर्घटना

    निरन्तर वर्षापछि आएको बाढीबाट मलेसियामा ४६ को मृत्यु

    एजेन्सी/मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन् । बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ । प्रदेश राजधानी शाह…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

    दाङ/दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् । छालाको उपचार गर्न राप्ती स्वास्थ्य…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको १६ लाख रकमसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो । चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला,…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    चितवन/कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई पुस ६ गते पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याथ थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

    Read More
  • अपराध/दुर्घटना

    हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जना पक्राउ

    नवलपुर/पूर्वी नवलपरासीको गैडाकोटमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय अनिता श्रेष्ठलाई आफ्नै घरको पसलमा बसिरहेको अवस्थामा ३ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई लुटपाट गर्न खोजेको थियो । लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका…

    Read More
  • अपराध/दुर्घटना

    टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्युले गाउँ नै शोकमा

    सप्तरी/टिपरको ठक्करबाट एकैपरिवारका तीन जनाको मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन । बिहीबार लहानमा टिपरले ठक्कर दिँदा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । प्रदेश २–०१–००२ प…

    Read More
  • अपराध/दुर्घटना

    जङ्गलमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

    डोल्पा/जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने…

    Read More