एकै परिवारका ४ जना मृत फेला

सुर्खेत/सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।

शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताए ।
ज्यान गुमाएकी कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट फर्किँदै गरेकाले चारै जनाको शव परीक्षण हुन बाँकी छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।