Breaking News
 | 
  • अपराध/दुर्घटना

    कुरिनघाटमा महिलाको शव फेला

    चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पृथ्वी राजमार्गको सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको हो। रातको समयमा गाडीबाट खसेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए…

    Read More
  • अपराध/दुर्घटना

    टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु

    रोल्पा/खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार टिकटक बनाउने क्रममा खोलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको मृत्यु भएको हो । स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र…

    Read More
  • अपराध/दुर्घटना

    मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।…

    Read More
  • अपराध/दुर्घटना

    डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु

    दाङ/डेंगु संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा। प्रज्ञा बस्नेतले जानकारी दिइन्। मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् । सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनार पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँच गर्दा…

    Read More
  • अपराध/दुर्घटना

    १ लाख ७ हजार नगतसहित ८ जना जुवाडे पक्राउ

    कास्की/जुवा खेल्दै गरेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ बाट ८ जना पक्राउ परेका छन् । सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनीहरुकोसाथबाट प्रहरीले २ सय…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार मुद्धाका फरार प्रतिवादी राप्तीका ७४ वर्षीय वृद्ध पक्राउ

    चितवन/चितवन प्रहरीले जबरजस्ती करणी ९बलात्कार० मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको…

    Read More
  • अपराध/दुर्घटना

    दार्चुलाको बाढी प्रभावितलाई उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ/रासस/दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परि घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले आवश्यकतानुसार हेलिकप्टरको प्रयोग गर्नसमेत निर्देशन दिनुभएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि बाढी र पहिरोमा परि गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली…

    Read More
  • अपराध/दुर्घटना

    अनिल परियारको हत्या अरोपमा थप एक जना पक्राउ

    काठमाण्डौं/चितवन प्रहरीले अनिल परियार (काने) को हत्या अरोपमा थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीको सहयोगमा भरतपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय तिलक गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियास्थित लुकीछिपी हिडि रहेको अवस्थामा विहीबार विहान पक्राउ गरिएको हो । गैरेलाई आज विहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित…

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेलाई क्यानले निलम्बन गर्‍यो

    काठमाण्डौ/क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानबाट हटाइएको जनाएको हो। गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको…

    Read More