| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

    गाईघाट,(उदयपुर)/उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् । प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको…

    Read More
  • दसैँका लागि सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

    जुम्ला/आसन्न दसैँमा सामाजिक सुरक्षाभत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख बखत हमालले जानकारी दिनुभयो । गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतका सामजिका भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका…

    Read More
  • वेस्ट इन्डिजविरूद्ध प्लेयर अफ द म्याच बने कप्तान रोहित

    काठमाडौं/नेपालले वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो । पौडेलले आफूले पाएको अवार्ड…

    Read More
  • ‘छरछिमेकमा सहयोग चल्दैन, प्रतिस्पर्धा छ’

    टीकापुर,(कैलाली)/जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक उहाँलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना ताजै छ । “हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गथ्र्यौँ, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा त्यहीँ आगो लिएर सल्काउने…

    Read More
  • जेनजी आन्दोलनः बीमा दाबी २३ अर्ब ३९ करोड

    काठमाडौँ/गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा…

    Read More
  • प्रहरीद्वारा कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

    काठमाडौँ/प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय…

    Read More
  • आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई…

    Read More
  • ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण…

    Read More
  • एमाले सचिवालय बैठक आइतबार हुने

    काठमाडौँ/जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको…

    Read More
  • गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

    चितवन/भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले अपराधिक समूह बाहिर हुँदा चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए । ‘अहिले सजाय पाएका…

    Read More