Breaking News

रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा

काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुने भएको छ । चितवनको सौराहामा बस्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ ।

बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताए । उनका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

उनले भने,‘बैठकमा देशैभरीबाट ५ सय जनाहरू आउँदै हुनुहुन्छ । केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागी हुनुहुनेछ । म आफू बैठकको व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनाले विस्तारित बैठकलाई सम्पन्न गर्न सहयोग गर्नको लागि हार्दिक अपिल समेत गर्दछु ।’

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।