Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवनमा थाल ठटाएर एमसीसीको विरोध

    चितवन/चितवनमा राष्ट्रिय जनमोर्चाले थाल ठटाएर अमेरिकी सहयोग परियोजना )एमसीसी)को विरोध गरेको छ । आज दिउँसो भरतपुरस्थित चौविसकोठीमा जनमोर्चाले सांकेतिक रुपमा थाल ठटाएर एमसीसीको विरोध गरेको हो । बुधबार संसद बैठक बसेपछि चितवनसहित देशका विभिन्न ठाउँमा एमसीसी विरुद्ध प्रदर्शन भएको छ । यसैक्रममा चितवनमा विभिन्न राजनीतिक दलहरुले प्रदर्शन गरेका हुन् ।

    Read More
  • अपराध/दुर्घटना

    बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाण्डौं/जुम्लाका सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको…

    Read More
  • मुख्य पृष्ठ

    श्री स्वस्थानी व्रत आज समापन

    काठमाडौँ/वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एकमहिने श्री स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच…

    Read More
  • मुख्य पृष्ठ

    राप्रपाले एमसीसीको विरोधमा आज प्रदर्शन गर्ने

    काठमाण्डौं/आज बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जनवर्गीय संगठनहरुको आज प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । राप्रपाले एमसीसी संशोधनबिना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं/देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।आज दिउँसो पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    Read More
  • मुख्य पृष्ठ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्यामप्रसाद भण्डारी

    काठमाडौँ/सहसचिव श्यामप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी दिएको छ । मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्यामप्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    नाबालिका छोरी बलात्कार गर्ने अभियुक्त १५ वर्षपछि पक्राउ

    सिन्धुपाल्चोक, ३ फागुन/रासस जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल…

    Read More
  • चितवन सेरोफेरो

    पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो…

    Read More
  • पत्रपत्रिका/अन्य

    अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ टेबुल गर्न सभामुख सहमत

    काठमाडौं/सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिम पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौं/हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज बिहान देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम…

    Read More