Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

    पाल्पा/माछा मार्ने क्रममा करेन्ट पाल्पामा लागेर दाजुभाइको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा…

    Read More
  • सीता परियार बनिन दलित समुदायबाट पहिलाे महिला सिडियाे

    काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । यस अघि परियार भक्तपुर जिल्लाकाे सहायक सिडियाे थिईन् ।  

    Read More
  • मुख्य पृष्ठ

    थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जमा माउ र बच्चा गैंडा मृत भेटिए

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको हो । गैंडाको खाग र खुर सुरक्षित छन् । गैंडाको मृत्युको कारण खुलेको…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सहमति नजुट्दासम्म एमसीसी सम्झौता अघि बढाउन नहुने माओवादीको निर्णय

    काठमाण्डौं/सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दासम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी संसदीय दलको हिजो बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशोधन समेत नभएकोले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदमा एमसीसीको विपक्षमा उभिने तथा आवश्यक…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तहको चुनावका लागि आजदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न सकिन

    काठमाण्डौं/स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता सुरु गर्दैछ । आयोगले सूचना निकालेर आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि आजदेखि आउँदो १५ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने छ । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक…

    Read More
  • मुख्य पृष्ठ

    आज सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं/अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन…

    Read More
  • अपराध/दुर्घटना

    वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत सहित ३ जनाविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्धा

    काठमाडौँ /जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने अख्तियारको दाबी छ। अख्तियारका अनुसार घुस लिएको रकम मध्ये…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ गोही नदीमा छोडियो

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो । यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ । यस आर्थिक वर्षमा १०० हाराहारी…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा थाल ठटाएर एमसीसीको विरोध

    चितवन/चितवनमा राष्ट्रिय जनमोर्चाले थाल ठटाएर अमेरिकी सहयोग परियोजना )एमसीसी)को विरोध गरेको छ । आज दिउँसो भरतपुरस्थित चौविसकोठीमा जनमोर्चाले सांकेतिक रुपमा थाल ठटाएर एमसीसीको विरोध गरेको हो । बुधबार संसद बैठक बसेपछि चितवनसहित देशका विभिन्न ठाउँमा एमसीसी विरुद्ध प्रदर्शन भएको छ । यसैक्रममा चितवनमा विभिन्न राजनीतिक दलहरुले प्रदर्शन गरेका हुन् ।

    Read More