पश्चिम पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं/हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज बिहान देशका पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।