Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज बेलुकीपख वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ । हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेकोमा आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ । भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    सिन्धुपाल्चोक खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको् मृत्यु

    सिन्धुपाल्चोक/खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएकोे छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा उहाँका छोरा १० वर्षका…

    Read More
  • बिश्व/बिचित्र

    श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले दिए सामुहिक राजीनामा

    काठमाडौँ/श्रीलंकाका मन्त्रिपरिषद्का सबै मन्त्रीले आइतबार अबेर राति सामुहिक राजीनामा दिएका छन् । श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए । तर, त्यसरी मन्त्रीहरुले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन् । श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको…

    Read More
  • बिश्व/बिचित्र

    मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु

    काठमाण्डौ/आइतबारदेखि मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरुवातसँगै आइतबार पहिलो रोजा ९व्रत० अधिकांश मुस्लिमहरु बसे । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौँ महिनालाई रमजानका रुपमा लिइन्छ । एक…

    Read More
  • मुख्य पृष्ठ

    कोरोनाविरुद्धको बुस्टर मात्रा खोप अब तीन महिनामै दिइने

    काठमाण्डौ/कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप अबदेखि तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना…

    Read More
  • बिश्व/बिचित्र

    श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू

    एजेन्सी/श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

    काठमाडौं/रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ। परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ। कोरोनाका…

    Read More
  • मुख्य पृष्ठ

    देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेकोछ । केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ । अहिले देशभर…

    Read More
  • मुख्य पृष्ठ

    जनकपुर–जयनगर रेल देउवा र मोदीले आज संयुक्त उद्घाटन गर्दै

    काठमाडौं/आजदेखि जनकपुर–जयनगर रेल भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्नुहुने भएको छ। आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै भोलिदेखि रेल सेवा सञ्चालनमा आउने भएको हो । यससँगै करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री देउवा आज भारत भ्रमण जाँदै

    काठमाडौँ /प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । यसैबिच प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा प्रश्न उठाएको छ । मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले…

    Read More