Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    अज्ञात समुहले चलाएको गोली लागेर एक भारतीय युवकको मृत्य

    काठमाण्डौ/अज्ञात समुहले चलएको गोली लागेर सर्लाहीको सदरमुकाम मलङ्गवामा एक भारतीय युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

    काठमाण्डौं/हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा माओवादीलाई कमजोर पार्न केही शक्ति लागेको छः प्रचण्ड

    चितवन/चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा…

    Read More
  • अपराध/दुर्घटना

    गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले गरे कर्मचारी माथि हातपात

    पोखरा/गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय…

    Read More
  • मुख्य पृष्ठ

    फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १६० रुपैयाँ पुग्यो

    काठमाडौँ/इन्धनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ…

    Read More
  • बिश्व/बिचित्र

    श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा

    काठमाण्डौ/सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि श्रीलङ्कामा राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी…

    Read More
  • खेलकुद

    आईपीएलमा बेङ्ग्लोरको दोस्रो जित

    काठमाण्डौ/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए ।…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टचारीलाई पार्टीमा ठाउँ नभएको राप्रपाका अध्यक्ष रालिङ्देनको भनाई

    बागलुङ/राजनीति सर्वोत्तम सेवा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । यहाँ आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे । अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए । “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो,” उनले…

    Read More
  • मुख्य पृष्ठ

    हिजो एमाले प्रवेश गरेका डल्लाकोटी आज फेरि माओवादीमै

    धादिङ/हिजो नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) आज (मंगलबार) फेरि नेकपा (माओवादी केन्द्र)मा नै फर्किएका छन् । उनलाई सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका थिए । तर डल्लाकोटी एकाएक आज विज्ञप्ती जारी गर्दै आफू पुनः माओवादीमै फर्किएका बताएका छन् । हिजो…

    Read More