सिन्धुपाल्चोक खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको् मृत्यु

सिन्धुपाल्चोक/खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएकोे छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे मिनबहादुर तामाङको घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु एकोे प्रहरीले जनाएको छ । घाइते भएका मीनबहादुरको उपचार भइरहेको छ ।