अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, एक जना पक्राउ

कास्की/महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गरेको हो ।
तिमिल्सेनाले गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।

पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो ।

उनलाई आपराधिक विश्वासघात मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए ।