Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    अमलेखगञ्जदेखी लोथरसम्म पाइपलाइन बनाउन सैद्धान्तिक स्वीकृति

    काठमाण्डौं/बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाण्डौं/नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप…

    Read More
  • मुख्य पृष्ठ

    कानुनी रुपमा पुष्टि नभइञ्जेल क्यानले सन्दीपलाई कुनै पनि कारबाही नगर्ने

    काठमाडौं/रासस/राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी…

    Read More
  • मुख्य पृष्ठ

    दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन रोक

    काठमाण्डौं/दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी ९दसैंको टीकाको भोलिपल्ट० सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा…

    Read More
  • मुख्य पृष्ठ

    थप २३० जनामा कारोना संक्रमण, २ जनाको मृत्यु

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    पहिराको कारण मकवानपुरको सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध

    मकवानपुर/रासस/मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै…

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेविरुद्ध मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी

    काठमाडौं/राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । प्रेस विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा…

    Read More
  • चितवन सेरोफेरो

    संम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न।

    इनरह्वील क्लब अफ भरतपुर र रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। इनरह्वील क्लब अफ भरतपुरको अध्यक्ष IW मधु शाह, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्ष अपेक्षा श्रेष्ठको संयुक्त अध्यक्षतामा प्रमुख अतिथि IW रामकुमारी पौडेल, विशेष अतिथि सामुदायिक सेवा केन्द्रकि सहसचिव तारा मिश्र पण्डित  र IW दुर्गेस नन्दनि शर्माको सम्योजकतामा सामुदायिक सेवा…

    Read More
  • अपराध/दुर्घटना

    अमेरिकाबाट आएको पार्सलमा गाँजा, तीनजना पक्राउ

    काठमाडौं/हुलाकमार्फत अमेरिकाबाट आएको गाँजासहित तीनजना पक्राउ परेका छन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ परेका थिए । राईलाई…

    Read More
  • चितवन सेरोफेरो

    अबरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु

    चितवन/भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध सुचारु भएको छ । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट खसेको लेदोसहितको पहिरो पहिरो हटाई ६ः४० बाट बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  

    Read More